• २० असोज २०८३, मंगलबार
  • ५ः३५ बिहान

श्रम कार्यालयलाई दुुई सिफ्टमा काम गर्न निर्देशन

प्रकाशित मिति

२०७८ मंसिर ८ गते, बुधबार ११:३३

८ मंसिर २०७८, काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ताहचलस्थित श्रम कार्यालयलाई दुुई सिफ्टमा काम सञ्चालन गर्न निर्देशन दिएको छ ।

National Life

श्रम स्वीकृति नवीकरण छिटोछरितो नहुँदा आफूहरूले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो बढेपछि मन्त्रालयले दुुई सिफ्टमा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।


श्रम मन्त्रालयले वैदेशिक रोजगार कार्यालय ताहचल कार्यालयलाई दुुई सिफ्टमा सेवा सञ्चालन गर्नेसहितका चार बुँदे निर्देशन पठाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्देशनमा आवश्यकताअनुसार भाषा अनुवादककोमा पठाउने व्यवस्था मिलाउन, अनलाइन टोकन प्रणालीमा सङ्ख्या बढाउन र चापअनुसार अफलाइन टोकनका आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न तथा दुई सिफ्टमा सेवा प्रवाहको व्यवस्था मिलाउनुुपर्ने उल्लेख छ । गोरखापत्र दैनिकबाट

प्रतिकृया