जसपाले कार्यसमिति विस्तार गर्दै, थप १८ सदस्यीयमध्ये १३ महिला हुने
प्रकाशित मिति
२०७८ मंसिर ८ गते, बुधबार ११:२६
८ मंसिर २०७८, काठमाडौं : ३५ सदस्यीय रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कार्यकारिणी समिति विस्तार गर्न लागेको छ । जसपाले यसमा १८ जना थपेर ५३ सदस्यीय बनाउन लागेको हो । अब थपिने १८ सदस्यीयमा १३ जना महिला रहने छन् ।
जसपाले कार्यकारिणी समिति विस्तार गर्दा अब१८ जनामध्ये १३ जना महिला राख्नुपर्ने हुन्छ । संविधान अनुसार ३३ प्रतिशत महिला अनिवार्य राख्नुपर्ने भएकाले जसपा १३ जना अनिवार्य रुपमा महिला समावेश गर्नुपर्ने भएको छ ।
मंसिर ५ गतेदेखि चलिरहेको कार्यकारिणी समितिको बैठकमा त्यस बारेमा छलफल सुरु भएको कार्यकारिणी एक सदस्यले बताएका छन्। यस विषयमा समितिका सदस्यहरुले आआफ्नो धारणा राख्ने क्रम जारी रहेको उनको भनाइ छ ।
कुल ५३ सदस्यीयको ३३ प्रतिशत करिब१८ हुन्छ र हाल जसपाको कार्यकारिणी समितिमा ५ जना महिला समाबेश भइसकेका छन् । त्यसैले अब बाँकी १३ जना महिला जसपाले छनौट गर्नुपर्ने हुन्छ । बाँकी सदस्यीय कसरी छनौट गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।








प्रतिकृया