ज्योति विकास बैंकले गर्यो डिजिटल बैंकिङ्ग सेवाको सुरुवात
प्रकाशित मिति
२०७८ मंसिर ६ गते, सोमबार ११:५५
५ मंसिर २०७८, काठमाडौं : ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुचारु गरेको हो ।
बैंकले आइतबा। प्रेस बिज्ञप्ती जारी गरी डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको जानाकारी दिएके छ । बैंकले आइतबारदेखि डिजिटल बैंकिंग सेवालाई लाई थप प्रर्वद्धन गर्दै बैकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड गरेको हो ।
ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड भए संगै बैंकका ग्राहकहरुले बैंकका विभिन्न सेवाहरु सम्बन्धि जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एप बाटै तोक्ने, अनलाईन रकम भुक्तानीका साथैडिजिटल बैंकिङ्ग सम्बन्धी समस्या परेमा उजुरी दिने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ्ग एप र वेब ब्राउजबाट उठाउन सक्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
यो सुविधा नयाँ प्रयोगकर्ताहरुले एपस्टोर अथवा प्लेस्टोरबाट एपलाई डाउनलोड गरि र पुराना प्रयोगकर्ताहरुले एपलाई डाउनलोड गरि नयाँ सेवाहरूको लाभ लिन सक्ने बैंकले बताएको छ ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।








प्रतिकृया