• १९ असोज २०८३, सोमबार
  • १ः५० दिउँसो

क्षेत्रीय प्रतिनिधिलाई गगन थापाको अपिल : महाधिवेशन प्रतिनिधि छनौट गर्दा ख्याल गरौं

प्रकाशित मिति

२०७८ मंसिर ६ गते, सोमबार ११:२०

६ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले महाधिवेशन प्रतिनिधि पार्टीको सबैभन्दा आधारभूत तहको निर्णायक शक्ति भएकाले छनौट गर्दा ख्याल गर्न अपिल गरेका छन् । महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले आज सोमबार एक अपिल जारी गर्दै पार्टी भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न आग्रहसमेत गरेका हुन् ।

National Life

‘आज देशभर पार्टीको प्रतिनधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ। आज गर्ने निर्णय र छनोटले नै मंसिर २४ देखि हुने महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय गर्छ भन्ने ख्याल राख्दै निर्णय गर्नका लागि हार्दिक अपिल गर्दछु,’ थापाले भनेका छन्। ‘आज सही निर्णय गर्न सक्यौं भने मात्र पार्टीले सहि गति लिनेछ,’ थापाले भनेका छन्, ‘पार्टीलाई नवजीवन दिने कामको आरम्भ तपाईंहरूबाट हुनेछ।’


आज कांग्रेसले १४८ प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दैछ। अधिवेशनबाट क्षेत्रीय सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले महाधिवेशन प्रतिनिधि आउँछन्। उनीहरू नै केन्द्रीय महाधिवेशनका मतदाता हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया