• १९ असोज २०८३, सोमबार
  • २ः२८ दिउँसो

बैतडी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

प्रकाशित मिति

२०७८ मंसिर ६ गते, सोमबार १०:४९

६ मंसिर २०७८ काठमाडौं । बैतडीमा भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका दीपक माली (३८)को मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको प्रहरीले जनाएको छ ।

National Life

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मालीको उपचारका लागि धनगढी ल्याउने क्रममा कैलालीको सहजपुरमा मृत्यु भएको हो ।


आइतबार बैतडीको दशरथचन्द नगरपालिका(२ थलालगाउँबाट जन्ती बोकेको म१ज ३१० नम्बरको जिप दुर्घटनामा परेको थियो । जिपमा ७ जना सवार थिए । पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया