• १९ असोज २०८३, सोमबार
  • १०ः३८ राती

२०० रुपियाँको तरकारीले एक छाक टार्न पनि गाह्रो

प्रकाशित मिति

२०७८ मंसिर ६ गते, सोमबार ०८:११

६ मंसिर २०७८,काठमाडौं :  दसैँ, तिहार, छठलगायतका प्रमुख चाडपर्व सकिँदासमेत उपत्यकामा हरियो तरकारीको भाउ घटेको छैन । तीजदेखि नै महँगिएको तरकारीको भाउ अहिलेसम्म नघटेका कारण उपभोक्ता मारमा परेका छन् । ताजा तरकारीको मागअनुसार आपूर्ति नहुँदा तरकारीको भाउ बढेको जनाइएको छ । गोलभेँडाको भाउ आइतबार थोकमै प्रतिकेजी १०० देखि १२० रुपियाँसम्म पुगेको छ ।

National Life

गोलभेँडा मात्रै होइन, अन्य ताजा तरकारीको भाउ सयभन्दा माथि छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार स्थानीय काउली प्रतिकेजी ८० देखि ११० रुपियाँ, गोलभेँडा, प्रतिकेजी ९० देखि १२० रुपियाँ, गाँजर प्रतिकेजी १२० रुपियाँ, सेतो मूला ५० रुपियाँ, बोडी तने १२० रुपियाँ, घिउ सिमी १४० रुपियाँ, मटरकोसा २०० रुपियाँ रहेको छ ।


यस्तै सुकेको प्याज प्रतिकेजी ५५ रुपियाँ थोकमा कारोबार भइरहेको छ भने रातो आलु प्रतिकेजी ७० रुपियाँ थोकमा किनबेच भइरहेको छ । थोकमा यो अवस्थामा रहेको तरकारीको भाउ खुद्रामा झनै छोइसाध्यै छैन । चार जनाको परिवारलाई २०० रुपियाँको तरकारीले एक छाक टार्न पनि गाह्रो हुन थालेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको ३०० रुपियाँ परेको अनुभव कीर्तिपुरका उपभोक्ता विमला अधिकारीको छ । पहिले दुईरतीन थरी तरकारी र अचार हुने अधिकारीको भान्सामा अचेल एक थरी मात्रै तरकारी मुस्किलले पाक्न थालेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिकृया