• १९ असोज २०८३, सोमबार
  • ११ः२० राती

चार महिनामा एक लाख ३६ हजार वैदेशिक रोजगारीमा, धेरैको रोजाइमा कतार

प्रकाशित मिति

२०७८ मंसिर ६ गते, सोमबार ०८:०७

फाइल तस्विर
६ मंसिर २०७८,काठमाडौं :  चालु आर्थिक वर्ष २०७८र७९ मा पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा करिब ५५ हजार, असोजमा ४० गरी ९५ हजार, साउन र भदौमा ४१ हजार ८४१ ले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

National Life

पछिल्लो कात्तिक महिनामा ५० हजार ६२३ पुरुष र चार हजार २९५ महिला गरी ५४ हजार ९१८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । कात्तिकमा श्रम स्वीकृति लिएकामध्ये ३० हजार १८ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।


विभागका अनुसार चालु आवको साउनमा २५ हजार ४२८ र भदौमा १६ हजार ४००, असोजमा ४० हजार र कात्तिकमा ५५ हजारले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको सुरुको चार महिनाभन्दा तेब्बरले बढी हो ।चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि धेरैको रोजाइमा कतार भएको छ । सो अवधिमा ५० हजारभन्दा बढी श्रम स्वीकृति लिएर कतार गएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कतारपछि साउदी अरब जान लगभग ४२ हजारले श्रम स्वीकृति लिएका छन् । त्यस्तै संयुक्त अरब इमिरेट्स ९युएई०, मलेसिया, कुवेत, ओमान र बहराइनलगायतका देश छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिकृया