• १८ असोज २०८३, आइतबार
  • ३ः१२ राती

फुटबलबाट टाढा रहनुको पीडा घाइते भएका खेलाडीलाई मात्र थाहा हुन्छ : मिडफिल्डर लामा

प्रकाशित मिति

२०७८ मंसिर ५ गते, आईतवार ०१:३१

५ मंसिर २०७८, काठमाडौं: १२ महिनापछि मैदान फर्किएका मिडफिल्डर विक्रम लामाले फुटबलबाट टाढा रहनुको पीडा घाइते भएका खेलाडीलाई मात्र थाहा हुने बताएका छन्। मिडफिल्डर विक्रम लामा १२ महिनापछि शनिबार पहिलो पटक मैदानमा उत्रिएका हुन् ।

National Life

लामो समयपछि मैदानमा पुनह फर्किन पाउँदा लामाले भाबुक हुँदै घाइते भएर फुटबलबाट टाढा रहनु एक खेलाडीको लागि अत्यन्त पिडादायि हुने र त्यो पिडा भोगेकाले मात्र महसुस गर्न सक्ने आशय ब्यक्त गरेका छन् ।


‘फुटबलबाट टाढा रहन परेको पीडा घाइते भएका खेलाडीलाई मात्र थाहा हुन्छ। लामो समयपछि मैदान फर्कदा एकदमै खुसी लागेको छ। ‍पीडामा मलम लागेको छ। जे जस्तो भए पनि फेरि खेलमा फर्कन सकेँ भन्ने लाग्दा आत्मसन्तुष्टि प्राप्त भएको छ,’ उनले भने , ‘फुटबल खेल्न नपाएको पीडा थियो,’ उनले भने, ‘मैदान फर्कन एकदमै धेरै रिह्याव गरेको थिएँ। त्यो सार्थक भयो, निकै खुसी छु।’

Classic Tech Mobile
Classic Tech Desktop

यो सिजन थ्रीस्टारलाई उपाधि जिताउने लक्ष्यमा रहेका विक्रमका लागि पहिलो खेल सुखद् रह्यो। थ्रीस्टारले च्यासल युथ क्लबलाई ३।० ले हराउँदै उत्कृष्ट सुरुवात गर्न उनी सफल भएका छन् । थ्रीस्टारको जितसँगै आफू मैदान फर्कन पाएकोमा विक्रमका खुसी ब्यक्त गर्दछन् ।


२०७४ सालमा गम्भीर इते भएका उनको खुट्टाको अप्रेसन गरिएके थियो । गत वर्ष त्यहि चोट बल्झिदा एक वर्ष उनी मैदान बाहिर रहन बाध्य भए। अप्रेसन गरिएको र खुट्टामा नटहरू राखिएका कारण फुटबल खेल्दा एकदमै अप्ठेरो हुने र निकै दुख्ने गरेको उनले बताए ।


सन् २०१३ मा राष्ट्रिय टिममा डेब्यू गरेका विक्रमले ३१ अन्तर्राष्ट्रिय क्याप जितेका छन्। सन् २०१९ मा नेपालमा भएको साग गेम्समा नेपालले फुटबलतर्फ स्वर्ण जित्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए।

प्रतिकृया