• १९ असोज २०८३, सोमबार
  • ११ः४० बिहान

औपचारिक रुपमै फुट्यो एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ,

प्रकाशित मिति

२०७८ मंसिर ५ गते, आईतवार ०१:२४

सुब्बाको अध्यक्षतामा बन्यो एकीकृत समाजवादी निकट नयाँ संगठन
५ मंसिर २०७८, भक्तपुर
: भक्तपुर नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ अन्तत टुक्रिएको छ । एकीकृत नेकपा समाजवादी निकट स्वास्थ्यकर्मीहरुले एक सय एकाउन्न सदस्यीय नयाँ संगठन स्थापना गरेका छन् । भक्तपुरको बोडेमा शुक्रबारदेखि जारी राष्ट्रिय भेलाले नयाँ संगठनको नाम र कार्यसमिति गठन गरेकोहो ।उनीहरुले यसअघि राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष रहेका भक्तिमान सुब्बाको नेतृत्वमा एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाल गठन गरेका हुन् ।

National Life

नयाँ संगठनको उपाध्यक्षमा डा कृष्णगोपाल महर्जन र महासचिवमा तोप थापा रहेका छन् । संगठनमा महिला उपाध्यक्ष राधा सिलवाललाई तोकिएको छ । नयाँ संगठनमा सातै प्रदेशका लागि प्रतिनिधि र केन्द्रीय सदस्यहरु चयन भएको अध्यक्ष सुब्बाले बताउनुभयो ।


भेला बोलाउँदा राष्ट्रिय स्वास्थ्यकर्र्मीसंघ नै भनिएको थियो । तर सो भेलाले शनिबारबाट संगठनको नाम परिवर्तन गरि एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाल राखिएको सुब्बाले बताउनुभयो ।राष्ट्रिय स्वास्थ्यकर्मी संघ विसं २०६३ सालमा स्थापना भएको थियो ।एमाले फुटको असर राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालमा पनि परेको हो ।नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा समाजवादी पार्टी गठन भए जस्तै विगतमा एक ढिक्का रहेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल पनि विभाजित भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल निकट रहेका संघका अध्यक्ष भक्तिमान सुब्बाले संस्थाको कार्यदिशा एवं रणनीति तय गर्ने भन्दै दई दिने भेला बोलाएका थिए ।भेलाको प्रमुख आतिथ्यता नै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले गर्नुभएको थियो ।संघका अध्यक्ष सुब्बा माधब नेपाल पक्षमा लागेपछि रामबहादुर चन्दलाई कार्यबाहक अध्यक्ष भनेर एमालेले तोकेको थियो ।


सुब्बा संघको तेस्रो महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुन् । संघका उपाध्यक्ष राम बहादुर चन्दले हाल कार्यबाहक अध्यक्षको रुपमा संघको नेतृत्व गरिरहेका छन् । अध्यक्ष सुब्बाले संघमा राजनीति गरेर विभाजन गर्न खोजेपछि उनलाई स्पष्टीकरण सोधिएको र संघबाट निकालिएको कार्यबहाक अध्यक्ष चन्द पक्षको भनाई छ ।


पेशागत मुद्दाहरु उठानका लागि नै भेला गरिएको र कर्मचारी संगठन पार्टी निकट र शुभेच्छुकको रुपमा मात्र रहने अध्यक्ष सुब्बाले बताउनुभयो । संगठनले कुनै राजनीतिक विषयलाई उठान नगर्ने उहाँको भनाई छ ।


राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल ट्रेड युनियनको रुपमा एमाले निकट रहँदै आएको छ ।सुब्बाले बोलाएको भेलामा संघका तर्फबाट अरु कोही सदस्य उपस्थित नहुन चन्द पक्षले सचेत गराएको थियो ।देशभरबाट आएका संघ सम्बद्ध दुई सय स्वास्थ्यकर्मीको प्रतिनिधिमुलक भेलाबाट बनेको एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालले २३ बुँदे बोडे घोषणापत्र समेत जारी गरेको संगठन नव निर्वाचित उपमहासचिब जनक अधिकारीले बताउनुभयो ।


घोषणापत्रमा स्थानीय तहमा समायोजन भएका सबै स्वास्थ्यकर्मीलाई प्रदेश अन्तर्गत राख्नुपर्ने,स्थानीय तहमा स्वास्थ्यकर्मीले पाएका अनावश्यक दुखलाई सम्बोधन गर्नुपर्ने, स्वास्थ्यसेवालाई संबिधानको मौलिक हकको रुपमा राखिए पनि जनताले हक अनुसार सुबिधा नपाएकोले स्वास्थ्य क्षेत्रमा दरबन्दी र स्रोतसाधन बढाउनुपर्ने,स्वास्थ्यकर्मीलाई उत्प्रेरित र उत्साहितपुर्वक काम गर्ने वातावरण बनाउनुपर्ने ,ठाउँठाउँमा आकस्मिक सेवा दिने अस्पताल बनाउनुपर्ने र स्वास्थ्य बिमामा रहेका बिकृति अन्त्य गरी सबै जिल्लामा प्रभावकारी रुपमा बिमा योजना लागु गर्नुपर्ने लगायतका बिषयमा जोड दिईएको छ ।

प्रतिकृया