• २१ असोज २०८३, बुधबार
  • ४ः५८ बिहान

सन्ध्याकालीन पदयात्राको माध्यमबाट थिमिमा पर्यटन प्रवर्द्धन गर्न सकिन्छ : नगर प्रमुख श्रेष्ठ (फोटो फिचर )

प्रकाशित मिति

२०७८ मंसिर ४ गते, शनिबार ०३:५१

४ मङ्सिर २०७८, भक्तपुर :मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले मध्यपुर थिमिमा सन्ध्याकालीन पदयात्राको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने बताएका छन् । श्रेष्ठको नेतृत्वमा शुक्रबार आयोजित सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रामा उनले उक्त सम्भावनाको बारेमा बताएका हुन् ।

National Life

संचारकर्मीहरुलाई सामेल गरी शंखधर पार्कबाट सुरु भएकोे यस यात्रामा उनले मध्यपुर थिमिमा बिहान दिउँसो देख्न नसकिने मनमोहक दृश्यहरु साँझ देख्न सकिने दावी गर्दै सकिमिना पुन्ही जस्ता पर्वमा विशेष रुट नै बनाएर सन्ध्याकालीन पदयात्राको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने बिश्वास व्यक्त गरेका हुन् ।


मनमोहक दृश्यहरु

थिमिको सन्ध्याकालीन दृश्यलाई कृषि र कलासंग मात्र सिमित नगरी जीवन दर्शन संगै जोडेर विश्लेषण गर्न सकिने जिकिर गर्दै श्रेष्ठले सन्ध्याकालीन पदयात्रा जीवन र जगतलाई बुझ्ने माध्यम समेत बन्न सक्नेमा जोड दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, साँझ भजन मण्डलीहरुले सुमधुर धुन बजाउदै गाउने भजन आन्तरिक र वाहिरी पर्यटकका लागि आकर्षक हुने उनले दावी गरेका छन् ।


नगर प्रमुख श्रेष्ठ नेतृत्वको पत्रकार टोली कुमारी पार्क, बोडेदेखि नगदेश हुँदै बालकुमारी थिमिसम्मको ‘सन्ध्याकालीन साँस्कृतिक सम्पदा पदयात्रा’ मा सहभागी भएको थियो । उक्त पदयात्रामा दुई दर्जन बढी पत्रकारहरु सहभागी भएका थिए ।


मनमोहक दृश्यहरु







प्रतिकृया