• २१ असोज २०८३, बुधबार
  • ५ः१० बिहान

कोराना संक्रमण रोक्न लगाइएका प्रतिबन्ध खुकुलो पार्दै जापान र अस्ट्रेलिया

प्रकाशित मिति

२०७८ मंसिर ४ गते, शनिबार ०२:४४

४ मंसिर २०७८, काठमाडौं : कोभिड–१९ संक्रमणको रोकथामका लागि जापान र अस्ट्रेलियामा लगाइएका कडा प्रतिबन्धहरु हट्ने भएका छन् ।जापान र अस्ट्रेलियामा लकडाउन हटिसकेको छ भने जापानले अब ठूला सार्वजनिक कार्यक्रम तथा भीडभाड हुने गतिविधि गर्न सक्ने गरी कडा सर्त हटाउने निर्णय गरेको छ ।

National Life

आम नागरिकलाई सजिलो हुने गरी लचकता अपनाउन थालेको तर कोरोना भाइरसको तेस्रो चरणको महामारी आउने खतरालाई पनि ध्यान दिन आवश्यक रहेको जापान सरकारले निकालेको सूचनामा उल्लेख छ ।


त्यसैगरी धेरैको सङ्ख्यामा दर्शक सहभागी हुने खेलकुदका गतिविधिमा पनि सिट सङ्ख्याको आधा सहभागी हुने व्यवस्था गर्न भनिएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सरकारले प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो पार्दै लगेको जानकारी दिनुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अस्ट्रेलियामा प्रतिबन्धात्मक व्यवस्थाविरुद्ध नागरिकले प्रदर्शन समेत गर्दै आएका छन् । अस्ट्रेलियामा तेस्रो चरणको महामारीको खतरा धेरै रहेकाले अझै पनि पूर्ण रूपमा खुल्ला गर्न नमिल्ने प्रधानमन्त्री मोरिसनको भनाइ छ । विज्ञले पनि स्वास्थ्यका मापदण्ड पालना निरन्तर गरिरहनुपर्नेमा जोड दिएका छन् ।

प्रतिकृया