• २१ असोज २०८३, बुधबार
  • ५ः२२ बिहान

एमाले कुनै पार्टी नभई केपी ओली एण्ड कम्पनी: अध्यक्ष नेपाल

प्रकाशित मिति

२०७८ मंसिर ४ गते, शनिबार ०२:२३

४ मंसिर २०७८, भक्तपुर : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले कुनै पार्टी नभई केपी ओली एण्ड कम्पनी रहेको आरोप लगाएका छन् ।

National Life

मध्यपुरथिमिको बोडेमा भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको दुईदिने राष्ट्रिय भेलाको आज अन्तिम दिन कार्यक्रममा बोल्दै उनले त्यो पार्टीमा रहने सच्चा कम्यनिष्टलाई ढोका बन्द गरेपछि बाहिर आउनु परेको जिकिर गरेका हुन् ।


नेपालले भने, “एमाले ओली एण्ड कम्पनी हो, त्यो पार्टी होइन, उनले हामीलाई एमालेमा बस्न ढोका बन्द गरेपछि सन्यास लिने कि आत्मसमर्पण गरेर उनको टाङमुनी छिरेर बस्ने भन्ने भयो, हामीले त्यसलाई अस्वीकार गर्यौ र बाध्य भएर नयाँ पार्टी गठन गर्यौँ ।”
अहिले एमालेले बिद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउदै हिडेको भन्दै उहाँले भ्रम छर्नु पर्दैन, पुष्पललाले अगाडि बढेकै बाटो नेकपा समाजवादीले हिडेकाले त्यस्तो अबस्था नआउने उनले दाबी गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

यति होल्डिडदेखि नेपाल एयरलायन्ससम्म ओली नेतृत्व सरकारले सााठगाँठ गरेर भ्रष्टाचार गरेको आरोप लगाउदै अहिलेको सरकार भ्रष्टाचारबाट मुक्त भएको अध्यक्ष नेपालले बताए ।


नेकपा समाजवादीमा आउनेको देशव्यापी लहर चलेको बताउदै उनले केपी ओलीको कुसंस्कार एमालेमा छाडेर राम्रो संस्कार जति समाजवादीमा ल्याएको दाबी गरे ।


आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताए ।

प्रतिकृया