• १८ असोज २०८३, आइतबार
  • ९ः२८ बिहान

राष्ट्रिय खेलकुद परिषदले गर्यो सदस्य सचिवका लागि दरखास्त आह्वान

प्रकाशित मिति

२०७८ मंसिर ४ गते, शनिबार ११:५८

४ मंसिर २०७८, काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै शनिबारराखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

National Life

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ९३० बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।


सदस्य सचिव बन्न योग्यता पुगेका व्यक्तिले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने मन्त्रालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले सदस्य सचिव सिफारिसका लागि सह(सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका छन् ।


सरकारले गत कात्तिक १ गते रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपको सदस्य सचिव पद खाली भएको हो ।हाल राखेपको निमित्त सदस्य सचिवमा विष्णु ढकाल रहेका छन् ।

प्रतिकृया