• १८ असोज २०८३, आइतबार
  • १०ः१५ बिहान

टिम पेनले छाडे अष्ट्रेलियन टेष्ट टिमको कप्तानी

प्रकाशित मिति

२०७८ मंसिर ३ गते, शुक्रबार ११:२२

३ मंसिर, २०७८ काठमाडौँ : अष्ट्रेलियन टेष्ट टिमका कप्तान टिम पेनले आफ्नो पद छाडेका छन् । पेनले शुक्रबार होबार्टमा पत्रकार सम्मेलन गर्दै उनले कप्तान पदबाट राजीनामा दिएको घोषणा गरे । इंग्ल्याण्ड विरुद्ध एसेस सिरिज सुरु हुनु १९ दिन अघि मात्रै पेनले कप्तानी छाडेका हुन् ।

National Life

३६ वर्षीय पेनले ब्ल्डस्टोन एरेनामा राजीनामा बारे स्टेटमेन्ट पढेका थिए । ‘यो कठिन निर्णय हो तर मेरो लागि, परिवारको लागि र क्रिकेटको लागि सही समय हो’ पेनले भनेका छन् । तर उनले कुनै प्रश्न भने नलिएको क्रिकेट डट कम डट एयुले जनाएको छ ।


महिला सहकर्मीलाई सन्देश पठाएको विषयमा पछिल्लो समय पेन विवादित बनेका थिए । त्यसमा क्रिकेट अष्ट्रेलियाले छानविन गरिरहेको छ । सन् २०१७ मा पठाएको सन्देश अहिले सार्वजनिक भएपछि यो विषय चर्चामा आएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् २०१८ मा कप्तान बनेका पेन अष्ट्रेको ४६औं टेष्ट कप्तान हुन् । क्रिकेट अष्ट्रेलियाले उनको राजीनामा स्वीकार गर्न बाँकी छ । त्यो भएमा प्याट कमिङ्स ६० वर्ष यता टेष्ट टिमको कप्तान बन्ने फास्ट बलर हुनेछन् ।

प्रतिकृया