• १८ असोज २०८३, आइतबार
  • १०ः५६ बिहान

जबराको गलत क्रियाकलापको संरक्षण नगर्न सर्वोच्चका न्यायाधीशहरूको कुँवरलाई चेतावनी

प्रकाशित मिति

२०७८ मंसिर ३ गते, शुक्रबार ११:३०


३ मंसिर २०७८, काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट हुने गलत क्रियाकलापको संरक्षण नगर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई चेतावनी दिएका छन् । पूर्ण बैठकका क्रममा केही न्यायाधीशहरूले मुख्य रजिष्ट्रार कुँवरलाई उक्त चेतावनी दिएका हुन् ।

National Life

कानून व्यवसायीहरूको शान्तिपुर्ण प्रदर्शमा बल प्रयोगको घटनाले अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक सन्देश गएको भन्दै संयमता अपनाउन सुझाव दिएका हुन् ।

‘मुख्य रजिष्ट्रारमार्फत न्यायाधीशहरूले कानून व्यवसायीहरूको प्रदर्शन भइरहँदा साइरन बजाएर सर्वोच्च अदालत प्रवेश गर्नुभन्दा प्रधानन्यायाधीश जबरालाई झडप नहुने परिस्थितिमा लाग्न सुझाव दिएका थिए । सर्वोच्च अदालतभित्र तैनाथ सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न नसकेपछि सर्वोच्च अदालत प्रशासनले बाहिरबाट सुरक्षाकर्मी मगाउने गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

गृहप्रशासनको निर्देशनका कारण प्रहरीले अदालत परिसरभित्र प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरूलाई पक्राउ नगर्ने तर घेराबन्दी गरेको क्षेत्रमा जान नदिन बल प्रयोग गर्ने रणनीति लिएको छ ।


अदालतभित्रै कानून व्यवसायीहरूको धर्नामाथिको बलप्रयोग र घम्साघम्सीले नराम्रो सन्देश गएको भन्दै न्यायाधीशहरूले अदालत परिसरभित्र दंगा नियन्त्रणका उपकरणसहितको प्रवेशले लज्जाबोध भएको भन्दै आक्रोश पोखेका थिए ।


उनीहरूले पूर्ण बैठकमा नै सर्वोच्च अदालतभित्र बल प्रयोगका क्रममा एकजना सुरक्षाकर्मी र केही कानून व्यवसायीहरू घाइते भएको घटनामा दुःख व्यक्त गर्दै स्वास्थ्यलाभको कामना गरेका छन्

प्रतिकृया