• 6:39 pm

प्रधानन्यायाधीशविरुद्धको आन्दोलन जारी, उपत्यकाभरिका बार एकाइका वकिल एक ठाउँमा

प्रकाशित मिति

२०७८ मंसिर ३ गते, शुक्रबार ११:३३

३ मंसिर, २०७८ काठमाडौँ : शुक्रबार बिहान नेपाल बार एसोसिएनको केन्द्रीय कार्यालयअगाडि भेला भएका बार एकाइहरूका वकिल। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत कानुन व्यवसायीले आज (शुक्रबार) पनि विरोध प्रदर्शन जारी राखेका छन्।



त्यसका लागि अहिले उनीहरू नेपाल बार एसोसिएसन परिसरमा भेला भइसकेका छन्। काठमाडौं उपत्यकाका सबै अदालतस्थित बार एकाइका कानुन व्यवसायी आआफ्ना ब्यानर लिएर बारको केन्द्रीय कार्यालय अगाडि जम्मा भएका हुन्। साथै आन्दोलनमा काभ्रे जिल्ला अदालतस्थित बार एकाइ पनि सहभागी भएको छ।


प्रतिकृया