• ४ साउन २०८३, सोमबार
  • १:४६ बिहान

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीहरुलाई ५ लाखको दुर्घटना बीमा हस्तान्तरण

प्रकाशित मिति

२०७८ मंसिर २ गते, बिहीबार ०३:४९

 मंसिर, २०७८ काठमाडौँ : शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न स्थानमा निर्माणकार्यहरूलाई पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा पोलिसी हस्तान्तरण गरेको छ । दक्ष प्राविधिक र निर्माणकर्मीबीच अन्तरक्रिया कार्यक्रम गराउँदै शिवम् सिमेन्टले भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श पनि प्रदान गरेको छ ।


दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरूले हरेक दिन झेल्नुपर्ने जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको कम्पनीले जनाएको छ । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तरक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरूका लागि पाँच लाख रुपैयाँ बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।

Kamana Sewa

पहिलो चरण अन्र्तगत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा एक हजारभन्दा बढी निर्माणकर्मीहसँग प्राविधिक अन्तरक्रिया गरी उनीहरूको जोखिम बीमा गराइसकेको कम्पनी प्रतिनिधिले जानकारी दिएका छन् ।

Classic Tech Desktop

कम्पनीको अनुसार अन्तरक्रिया कार्यक्रममा दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माण सम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको हो । आगामी दिनमा समेत शिवम् सिमेन्टका बिक्रेताहरू सँगको समन्वयमा अन्तरक्रिया तथा निःशुल्क बीमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ ।


ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्टले सन् २००९ देखि अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

प्रतिकृया