• २१ असोज २०८३, बुधबार
  • १ः११ राती

अब सर्वोच्चमा गोलाप्रथा लागू हुने

प्रकाशित मिति

२०७८ मंसिर २ गते, बिहीबार ०४:०९

२ मंसिर, २०७८ काठमाडौँ : सर्वोच्च अदालतको फुलकोर्ट बैठक सकिएको छ । बिहीबार सर्वोच्चमा बसेको फुलकोट बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको एक न्यायाधीशले जानकारी दिए ।

National Life

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरु समेत बिहीबार फुलकोर्ट बैठकमा सहभागी थिए।


बैठकले गोलाप्रथा प्रणालीसँग सम्बन्धित नियमावली र निर्देशिका स्वीकृत गरेको छ। स्वीकृत नियमावली र निर्देशिका कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने र राजपत्रमा सूचना प्रकाशित भएपछि न्यायाधीशहरूले मुद्दा हेर्ने समझदारी बनेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका न्यायाधीशहरु पनि गोला तानेर मुद्दा हेर्न तयार भएका छन्।

प्रतिकृया