• १९ असोज २०८३, सोमबार
  • ११ः४० बिहान

एमाले महाधिवेशन प्रतिनिधि : १० जिल्लाबाट अझै नामावली आएन

प्रकाशित मिति

२०७८ मंसिर २ गते, बिहीबार ११:३६

२ मंसिर, २०७८ काठमाडौँ : महाधिवेशन सुरु हुन आठ दिन बाँकी रहँदा नेकपा (एमाले) का १० जिल्लाका महाधिवेशन प्रतिनिधिको सूची अझै केन्द्रीय कार्यालयमा पुगेको छैन । १० म‌सिरदेखि सुरु हुने एमालेको १०औँ महाधिवेशनमा प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा आइपुगेको छैन ।

National Life

‘अहिलेसम्म ६७ जिल्लाका महाधिवेशन प्रतिनिधि चयन भएर केन्द्रमा नामावली आइसकेको छ,’ केन्द्रीय सदस्य सूर्य थापाले भने, ‘अब १० जिल्लाको नाम आउँन बाँकी छ ।’ उनका अनुसार प्रदेश १ को सुनसरी, ताप्लेजुङ र पाँचथरबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा आइसकेको छैन ।


प्रदेश २ को बारा पर्सा र सर्लाही बाहेकको नामावली पनि केन्द्रमा पुगेको छैन । रौतहट, महोतरी, धनुषा, सिरहा र सप्तरीको नामावली केन्द्रमा आएको छैन । सुदूरपश्चिमका कैलाली र बाजुरवाट नामावली नआएको थापाले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

कैलालीमा भीम रावल समूहले समान्तर बैठक राखेर महाधिवेशन प्रतिनिधि चयन गरेका छ भने सुनसरी पनि दुवै पक्षबीच विवाद देखिँदा प्रतिनिधि चयन हुन सकेका छैनन् ।

प्रतिकृया