• १८ असोज २०८३, आइतबार
  • ५ः१८ बिहान

नेपाली महिला क्रिकेटले हात पार्‍यो पहिलो अन्तर्राष्ट्रिय सफलता

प्रकाशित मिति

२०७८ मंसिर २ गते, बिहीबार ०९:५४

२ मंसिर, २०७८ काठमाडौँ :  नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । बुधबार (आज) दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा कतारविरुद्ध ६१ रनको जित निकाल्दै नेपालले ३ म्याचको सिरिज जितेको हो ।

National Life

३ खेलको पहिलो सिरिजमा नेपालले कतारलाई १ सय १९ रनले पराजित गरेको थियो । १ सय ३० रनको लक्ष्य पछ्याएको कतार ३ बल बाँकी रहँदै ६८ रनमा अलआउट भयो । कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन जोडिन्, भने केरी पोनसेटले १५ रन जोडिन् ।


त्यस्तै नेपालका लागि सरस्वती कुमारी चौधरीले सर्वाधिक ४ विकेट र कप्तान रुविना क्षेत्रीले २ विकेट हात पारे । त्यस्तै संगिता राई र सवनम राईले समान १–१ विकेट लिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय २९ रन बनायो । नेपालका लागि कप्तान रुबिनाले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ४८ बलमा ५० रन पूरा गरेकी हुन् ।


रुबिनाले ४ चौका र १ छक्का प्रहार गरिन् । उनको यो पहिलो टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो । त्यस्तै कविता कुँवरले ३१ रन र ज्योति पाण्डेले ६ रन जोडे । यता सरिता मगर ४, काजल श्रेष्ठ ३ तथा डोली भट्ट सून्य रनमा आउट भए ।


त्यस्तै अप्सरी बेगम २३ रनमा अविजित रहदा कविता जोशी सून्य रनमा अविजित रहिन् । कतारकी एन्जेलिन मारेले २ विकेट तथा एलिना खान, साची ढाटवाल र सविजाले एक–एक विकेट लिए ।

प्रतिकृया