टी–२० विश्वकपको उपाधिका लागि अष्ट्रेलिया र न्यूजिल्याण्डबीच भिडन्त
प्रकाशित मिति
२०७८ कार्तिक २६ गते, शुक्रबार १०:५१
२६ कार्तिक, २०७८ काठमाडौँ : यूएई र ओमानको संयुक्त आयोजनामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने भएका छन् । सेमिफाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धी हराउँदै दुवै टिम फाइनलमा पुगेका हुन् । न्यूजिल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो । अष्ट्रेलिया दोस्रो पटक फाइनलमा पुगेको हो ।
फाइनल खेल आइतबार दुबईमा बेलुकी ७ः४५ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हरायो । अपराजित रहँदै सेमिफाइनलमा पुगेको पाकिस्तान अष्ट्रेलियाविरुद्ध भने निरीह बन्यो ।
अष्ट्रेलिया सामु पाकिस्तानको आत्मसमर्पण
पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले पनि इङ्गल्याण्डलाई ५ विकेटले नै हरायो ।
न्यूजिल्याण्ड फाइनलमा, इङ्गल्याण्डसँग लियो बदला
पाकिस्तान अपराजित थियो । इङ्गल्याण्डले आफ्नो समूहका शुरुआती चार खेल जितेर अन्तिम खेल दक्षिण अफ्रिकासँग हारेको थियो ।
फाइनलमा पुगेको अष्ट्रेलियाले समूह चरणमा इङ्गल्याण्डसँग हार बेहोर्दा दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र बंगलादेशलाई हराएको थियो ।न्यूजिल्याण्डले पाकिस्तानसँग पराजय बेहोर्दा भारत, अफगानिस्तान, नामिबिया र स्कटल्याण्डलाई हराएको थियो ।
प्रतिकृया