• 7:45 pm

प्रधानमन्त्री देउवाले बोलाए कानुनमन्त्री बडूलाई बालुवाटार

प्रकाशित मिति

२०७८ कार्तिक २६ गते, शुक्रबार ११:००

२६ कार्तिक, २०७८ काठमाडौँ :  न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र बडूलाई बालुवाटार बलाएका छन् । विहीबार वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् ।


विहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ अधिवक्ता, राधेश्याम अधिकारी, हरिहर दाहाल, पूर्णमान शाक्य लगायतले कानुनमन्त्री बडूसँग भेटवार्ता गरेका थिए ।


उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र जबरालाई पदच्युत गर्न सरकारले अग्रसरता देखाउनुपर्ने माग राखेका थिए । तर बडूले अदालतको विषयमा संविधानको दायराभित्र रहेर सरकारले अगाडि बढ्ने बताएका थिए ।


न्यायालयमा देखिएको विवादलाई नजिकबाट नियालिरहेको भन्दै जनता न्याय पाउनबाट बन्चित भएकोमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।

प्रतिकृया