• २० असोज २०८३, मंगलबार
  • १०ः०२ बिहान

जलवायुसम्बन्धी मुद्दामा सहकार्य गर्न अमेरिका र चीन सहमत

प्रकाशित मिति

२०७८ कार्तिक २५ गते, बिहीबार ०९:५५

२५ कार्तिक, २०७८ काठमाडौँ :  अमेरिका र चीनले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणसहितका प्रयासमा आउँदो दशकमा सहकार्य थप विस्तार गर्ने सहमति गरेका छन्। स्कट्ल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ को क्रममा अमेरिका र चीनले सहकार्यसम्बन्धी घोषणा गरेका हुन्

National Life

दुई देशले जलवायु परिवर्तनका सम्बन्धमा सहकार्य बढाउने र आवश्यक काम गर्ने वाचासहित अप्रत्याशित रुपमा दुर्लभ संयुक्त वक्तव्य जारी गरेका हुन्।


वक्तव्यमा दुवै देश मिलेर काम गर्न प्रतिबद्ध रहेको दोहो¥याइएको छ। पेरिस जलवायु सम्झौताले तय गरेको तापमान वृद्धि औद्योगिक क्रान्तिको तुलनामा १।५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि काम गर्ने अमेरिका र चीनको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

लक्ष्य भेट्नका लागि आवश्यक उत्सर्जन कटौतीमा रहेको ‘ग्याप’ हटाउनका लागि थप प्रयास गर्ने उनीहरुले बताएका छन्। वैज्ञानिकहरुले जलवायुजन्य गम्भीर विपद टार्नका लागि तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्नुपर्ने बताउँदै आएका छन्। सन् २०१५ मा भएको पेरिस सम्झौतामा विश्वका नेताहरुले तापक्रम वृद्धि १.५ देखि २ डिग्री सेल्सियसमा सीमित गर्नका लागि हरितगृह ग्यासको उत्सर्जन ठूलो मात्रामा कटौती गर्ने वाचा गरेका थिए। तर त्यसपछिका प्रयासहरु भने पर्याप्त देखिएका छैनन्।


अहिलेसम्म भएका बाचा तथा तय गरिएका जलवायु नीतिका आधारमा पनि यो शताब्दीको अन्त्यसम्ममा विश्वव्यापी तापमान वृद्धि २.४ डिग्री सेल्सियस हुने देखिएको हालै क्लाइमेट एक्सन ट्रयाकरले गरेको विश्लेषणात्मक अध्ययनमा उल्लेख छ।


यो परिवेशमा विश्वका दुई ठूला शक्ति राष्ट्र तथा उत्सर्जनमा ठूलो भूमिका रहेका अमेरिका र चीनबीच जलवायु परिवर्तनलाई लिएर भएको सहमति अर्थपूर्ण हुने विश्लेषण छ।


चीनका शीर्ष जलवायु वार्ताकार सी झेङ्हुयाले समाचार संस्था रोयटर्ससँग जलवायु परिवर्तनलाई लिएर अमेरिका र चीनबीच मतभेदभन्दा सहमति बढी रहेको बताएका छन्।


मिथेनको उत्सर्जन कटौती, स्वच्छ ऊर्जा तथा कार्बन उत्सर्जन कटौतीसहितका मुद्दामा चीन र अमेरिकाबीच सहमति भएको हो।
अमेरिकाका जलवायु दूत जोन केरीले जलवायु परिवर्तनसँग जुध्नका लागि सहकार्यको विकल्प नरहेको बताएका छन्।

प्रतिकृया