• ५ साउन २०८३, मंगलबार
  • १०:३२ बिहान

नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय

प्रकाशित मिति

२०७८ कार्तिक २४ गते, बुधबार ०५:०९

२४ कार्तिक, २०७८ काठमाडौँ :  नेपाल बैंकर्स संघले अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायलाई नियुक्त गरेको छ । निवर्तमान अध्यक्ष भुवन दाहालको कार्यकाल सकिएसँगै उपाध्यायलाई अध्यक्षमा संघले नियुक्त गरेको हो ।


त्यस्तै, उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् भने सदस्यहरुमा क्रमशः लक्ष्मी बैंकका अजयकुमार साह, मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दिपक कुमार दे, सनराइज बैंकका सुमन शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआइसी एशिया बैंकका रोशन कुमार न्यौपाने चयन भएका छन् ।

Kamana Sewa

संघका पुर्व अध्यक्षहरू अनिल केशरी शाह, अशोक राणा र ज्ञानेन्द्र प्रसाद ढुंगाना सल्लाहकारको रुपमा रहने व्यवस्था संघले गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया