• २ असोज २०८३, शुक्रबार
  • २ः४३ दिउँसो

सत्ता गठबन्धनको बैठक आज बालुवाटारमा बस्ने

प्रकाशित मिति

२०७८ कार्तिक २२ गते, सोमबार १२:५०

२२ कार्तिक, २०७८ काठमाडौँ : सत्ता पक्षीय पाँच दल आवद्ध गठबन्धनको बैठक आज साँझ बालुवाटारमा बस्ने भएको छ। संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्केपछि पहिलोपटक आज साँझ ५ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न लागिएको हो।

National Life

बैठकमा समसामयिक राजनीतिक मुद्दामा छलफल हुने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्रोतले जनाएको छ। बैठकमा राजदूत नियुक्ति सम्बन्धमा समेत छलफल हुने बुझिएको छ। न्यायालयका सम्बन्धमा जारी विवादबारे सत्ता गठबन्धनको साझा धारणा आउने सम्भावनासमेत रहेको उक्त स्रोतले बतायो। न्यायालयको विवाद सम्बन्धमा दलहरुको स्पष्ट धारणा नआएको भन्दै अहिले सर्वत्र आलोचना भइरहेको छ। मुख्यतः सत्तापक्षीय दलहरुले यसमा आफ्नो स्पष्ट धारणा अघि नल्याएको भन्दै विरोधसमेत भइरहेको छ।


‘त्यसैले गठबन्धनले न्यायालय विवाद सम्बन्धमा साझा धारणा बनाउने सम्भावना छ’, उनले भने, ‘समसामयिक राजनीतिक मुद्दामा त छलफल हुने नै भए।’ सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा आवद्ध छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया