• २ असोज २०८३, शुक्रबार
  • २ः४४ दिउँसो

प्रधानन्यायाधीशले तोकेको इजलासमा बसे चुडाल, अन्य न्यायाधीश छलफलमा

प्रकाशित मिति

२०७८ कार्तिक २२ गते, सोमबार १२:३२

२२ कार्तिक, २०७८ काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलासमा न्यायाधीश कुमार चुडाल बसेका छन् । उनले बन्दीप्रत्यक्षीकरण सम्बन्धी एउटा मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन् । तर अन्य न्यायाधीश भने आन्तरिक छलफलमा रहेका छन् । प्रधानन्यायाधीशले आफैंलाई पनि इजलास तोकेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

National Life

यसअघि न्यायाधीशहरूसँगको छलफलमा प्रधानन्यायाधीश आफू इजलास नबस्न सहमत भएपनि आज आफ्नोसहित ६ वटा इजलास तोकेका हुन् । बहुमत न्यायाधीशले प्रधानन्यायाधीशमाथि प्रश्न उठेकाले राजीनामाको माग गर्दै इजलास बहिस्कार गर्दै आएका छन् । यसैगरी नेपाल बार एसोसिएसन पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित छ।


यसैबीच चुडालको अर्को पेसी प्रधानन्यायाधीशसँगै पूर्ण इजलासमा राखिएको छ । तर उक्त इजलास भने अहिलेसम्म बसेको छैन । पूर्ण इजलासमा देवेन्द्र थापामगरको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया