• 2:29 pm

जंगली हात्तीको आक्रमणबाट चितवनका युवकको मृत्यु

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार ०१:१६

२१ कार्तिक, २०७८ काठमाडौँ : जंगली हात्तीको आक्रमणबाट पूर्वी चितवनका एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट पूर्वी चितवनमा पर्ने राप्ती नगरपालिका १ घलान चोकका २८ वर्षीय सागर लामाको मृत्यु भएको हो ।


घर नजिकैको ड्याम साइडमा शनिबार राति ८ बजे अन्य दुई साथीसँगै घुम्न निस्केका उनीहरुलाई जंगली हात्तीले लखेटेको थियो । चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले राति देखि सम्पर्क विहिन सागर लामा विहान ८ बजेतिर मृत भेटिएको बताए ।


सागरको शव मकवानपुरको मनहरि गाउँपालिका ६ खयरघारी ९लोथर खोला पारी०मा भेटिएको थियो । हात्तीको आक्रमणबाट उनीसँगै गएका कृष्ण लामाको खुट्टामा सामान्य चोट छ । अर्का शक्ति गुरुङ सकुशल छन् ।

प्रतिकृया