• ४ साउन २०८३, सोमबार
  • ७:०० बेलुका

देउसी–भैलोबारे निर्णय गर्न उपत्यकाका सीडीओहरूको बैठक बस्दै

प्रकाशित मिति

२०७८ कार्तिक १६ गते, मंगलवार १२:२३

१६ कार्तिक, २०७८ काठमाडौँ : तिहारमा खेलिने देउसी र भैलोबारे निर्णय गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोभिड–१९ संक्रमण कायमै रहेको अवस्थामा देउसी भैलो खेल्नेबारे निर्णय गर्न मंगलबार बैठक बस्न लागेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।


बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्मा सहभागी हुनेछिन् । कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड पालना गर्नेगरी देउसी र भैलो खेल्न अनुमती स्थानिय प्रशासनको तयारी छ । उपत्यकामा देउसी भैलो खेल्नका लागी कस्तो मापदण्ड बनाउने भनेर प्रमुख जिल्ला अधिकारीहरुहरुले गृहमन्त्रालयसँग समन्वय गरेर निर्णय लिने भएका छन् ।

Kamana Sewa

यसैबीच कास्कीमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न दिने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना संक्रमण दर अपेक्षित नघटेको भन्दै सम्पुर्ण स्वास्थ्य मापदण्ड पालना गरेर राति १० बजेसम्म मात्र देउसी र भैलो खेल्न दिने निर्णय गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया