• ३१ भदौ २०८३, बुधबार
  • ६ः१४ बेलुका

५६ बर्षमा साहरुखः कसरी बने बलिउडको ‘बादशाह’ ?

प्रकाशित मिति

२०७८ कार्तिक १६ गते, मंगलवार १२:१९

१६ कार्तिक, २०७८ काठमाडौँ : बलिउडका सुपरस्टार नायक साहरुख खान आज आफ्नो ५६ औं जन्मदिन मनाउँदैछन् । सन् १९६५ नोभेम्बर २ तारिखमा दिल्लीको एक सामान्य परिवारमा जन्मिएका साहरुख खान आज विश्वकै दोश्रो धनी कलाकार हुन् । यसैले, पनि साहरुखको जीवन यात्राले लाखौंलाई प्रभावित बनाएको छ । साहरुखलाई बलिउडमा ‘बादशाह, किङ्ग खान’ जस्ता उपनामले बोलाइन्छ । विश्वमा साहरुखका करोडौं फ्यान छन् ।

National Life

यो बर्ष साहरुखले आफ्नो जन्मदिन धुमधामसँग नमनाउने भएका छन् । केही दिन अगाडि मात्र छोरा आर्यन खान करिब १ महिना लामो जेल जीवन बिताएर घर फर्किएका छन् । यसैले, पनि यसपटक साहरुखले न त मिडियासँग कुराकानी गर्नेछन्, न त फ्यानलाई नै भेट्नेछन् । साहरुख खानको व्यक्तित्व, उनको अभिनय, हिट चलचित्र र उनको प्रेरणादायी भनाईका कारण विश्वमा उनको गज्जबको छाप बनेको छ । साहरुखको परिवार पाकिस्तानको पेसावरसँग जोडिएका थिए । तर, भारत र पाकिस्तानको विभाजनपछि उनका पिता दिल्ली आएर बसेका थिए । साहरुखका पिता एक स्वतन्त्र सेनानी समेत हुन् । घरको आर्थिक अवस्था ठिक नभएका कारण पनि साहरुखको परिवार दिल्लीको राजेन्द्र नगरको एक घरमा भाडामा बस्थे ।


जब साहरुख १६ बर्षका थिए, उनका पिता मोहम्मदको निधन भयो । यसपछि उनको परिवारको अवस्था झनै खराब बन्यो । साहरुखले सन् १९५० मा हंसराज कलेजमा अध्यन सुरु गरे । साहरुखले अभिनय गरेको पहिलो टीभी सिरियल ‘दरिया’ हो । तर, ‘फौजी’ ‘दरिया’ भन्दा अगाडि प्रशारण भयो । ‘फौजी’पछि साहरुखले ‘सर्कस, वागले कि दुनियाँ, इडियट, उम्मीद’ जस्ता सिरियलमा अभिनय गरे । साहरुखको अभिनय देखेर उनलाई धेरैले बलिउड सुपरस्टार दिलिप कुमारसँग तुलना गर्न थालेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् १९९१ मा उनकी आमा लतीफ फातिमाको निधन भयो । यसपछि भने साहरुख मुम्बईमा बस्न थाले । उनले अभिनय गरेको पहिलो चलचित्र ‘दिल आशाना हे’ हो । तर, सन् १९९२ मा ‘दिवाना’ रिलिज भयो र यही चलचित्र नै उनको डेब्यू बन्न पुग्यो । पहिलो चलचित्रमा नै नेगिटिभ भूमिकामा देखिएका साहरुखलाई दर्शकले निक्कै माया गरे । यो चलचित्रका लागि उनले उत्कृष्ट नव–नायकको अवार्ड समेत जिते । सन् १९९५ मा रिलिज भएको चलचित्र ‘दिलवाले दुल्हनिया ले जायंगे’ रिलिज भयो । यो चलचित्रले कमाइको सबै रेकर्ड तोडेपछि साहरुख खानको करिअर नै मोडियो । यो भारतीय चलचित्रको इतिहासमा सबै भन्दा लामो समयसम्म चल्ने चलचित्र समेत बन्न पुग्यो ।


साहरुखले ‘डर बाजिगर, कुछ कुछ होता हे, दिल से, बादशाह, अशोका, मोहब्बतें, कभी खुशी कभी गम, देवदास, कल हो ना हो, चलते चलते, मै हुँ ना, वीर जरा, देवदास, चक दे इन्डिया, ओम शान्ती ओम, चेन्नई एक्सप्रेस, दिलवाले, रइस’ जस्ता चलचित्र रिलिज भएका छन् । यी चलचित्रले साहरुख खानलाई बलिउडको बादशाह बनायो ।

प्रतिकृया