• ४ साउन २०८३, सोमबार
  • १०:२७ बेलुका

लक्ष्मी बैंकको १३८औँ शाखा संखुवासभाको खाँदबारीमा

प्रकाशित मिति

२०७८ कार्तिक १५ गते, सोमबार ०१:०८

१५ कार्तिक, २०७८ काठमाडौँ : लक्ष्मी बैंकले आफ्नो १३८औँ शाखा संखुवासभाको खाँदबारी नगरपालिका–१ मा खोलेको छ । खाँदबारीको सजकटोलमा खोलेको यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघुउद्यम व्यवसायीमाझ वित्तीयपहुँच पु¥याउने लक्ष्य राखेको छ ।


यो सहित लक्ष्मी बैंकले ५० जिल्लामा १३८ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६८ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ वटा शाखा रहित बैंकिङ्ग एजेन्ट संख्या पु¥याएको छ ।

Kamana Sewa

प्रतिकृया