अक्षय कुमारका कारण कट्रिना कैफले विक्की कौशलसँग विवाहको मिति घोषणा गर्न सकिरहेकी छैनन् ?
प्रकाशित मिति
२०७८ कार्तिक १३ गते, शनिबार १२:२७
१३ कार्तिक, २०७८ एजेन्सी : बलिउड अभिनेत्री कट्रिना कैफ निकै लामो समयदेखि आफ्नो विवाहका कारण चर्चामा छाइरहेकी छिन् । कट्रिना कैफ र विक्की कौशल निकै लामो समयदेखि एक–अर्कालाई डेट गरिरहेको बताइन्छ । उनीहरु यसै वर्ष डिसेम्बरमा विवाह गर्न लागेको चर्चा व्यापक छ । मिडिया रिपोर्ट अनुसार कट्रिना कैफ र विक्की कौशलको विवाह राजस्थानमा हुँदैछ र यसका लागि तयारी जोडतोडका साथ अघि बढिरहेको छ ।
कट्रिना कैफका प्रशंसक आखिर उनीहरुले किन विवाहबारे मुख खोलिरहेका छैनन् भनेर दङ्ग छन् । भारतीय सञ्चार माध्यम बलिउडलाइफको एक खबरलाई विश्वास गर्ने हो भने कट्रिना कैफ आफ्ना सह–कलाकार अक्षय कुमारका कारण विवाहको घोषणा गर्न सकिरहेकी छिन् । खासमा कट्रिना कैफ आजकाल आफ्नो नयाँ फिल्म सूर्यवंशीको प्रोमोशनमा व्यस्त छिन् ।

यो फिल्म दिवालीमा रिलिज हुँदैछ । फिल्म सूर्यवंशीमा अक्षय कुमार पनि छन्, जसले प्रहरी अधिकारीको भूमिका निभाइरहेका छन् । फिल्मका धेरैजसो दृश्य अक्षय कुमारमाथि छायांकन गरिएको छ जसका कारण फिल्मका निर्माता उनलाई प्रामोसनका लागि शीर्ष स्थानमा राखिरहेका छन् ।





प्रतिकृया