• ४ साउन २०८३, सोमबार
  • ८:४१ बेलुका

बैंक अफ काठमाण्डू द्वारा देशभरिका विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति

२०७८ कार्तिक १२ गते, शुक्रबार ०४:४४

१२ कार्तिक, २०७८ काठमाडौँ : विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस कोभिड –१९ संग लडन सहयोग पुग्ने हेतुले बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत देशभरिका राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानियस्तरका अस्पताल तथा स्वास्थ्यचौकीहरुमा व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE), मास्क, Surgical Gloves र सेनिटाइजरहरु हस्तान्तरण गरेको छ ।


प्रदेश नं १ अन्र्तगत श्री खादँबारी जिल्ला अस्पताल, प्रदेश नं. २ अन्र्तगत स्वास्थ्य चौकी सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिका द्वारा संचालित श्री प्राथमिक स्वास्थ्य चौकी, मिर्चैया र गढीमाई नगरपालिका द्वारा संचालित श्री समनपुर स्वास्थ्य चौकी, रौतहट, बागमती प्रदेश अन्र्तगत श्री भक्तपुर अस्पताल र श्री किर्तिपुर अस्पताल, लुम्बिनी प्रदेश अन्र्तगत श्री राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ तथा सुदुरपश्चिम प्रदेश अन्र्तगत श्री टिकापुर अस्पताल र श्री डडेल्धुरा अस्पताललाई भिन्नभिन्न समारोहहरुका बिच सम्बन्धित अस्पताल तथा स्वास्थ्य चौकीको प्रमुखलाई बैंकको प्रतिनिधीहरुद्वारा उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

Kamana Sewa

उक्त व्यक्तिगत स्वास्थ्य सामग्रीहरुको वितरणले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहनु भएका स्वास्थ्यकर्मिहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य, शिक्षा, दैवीक प्रकोप, वित्तीय साक्षरता लगायत थुप्रै क्षेत्रहरुमा अग्रसर भई सबै प्रदेशहरुमा समानुचित रुपमा सहयोग हस्तान्तरण गरीरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया