• २१ असोज २०८३, बुधबार
  • ३ः२९ राती

लिभरपुलमै करियर टुंग्याउने सलाहको चाहना

प्रकाशित मिति

२०७८ कार्तिक ६ गते, शनिबार १२:०५

६ कार्तिक, २०७८ एजेन्सी : मोहम्मद सलाहले लिभरपुलमै आफ्नो करियर टुंग्याउने इच्छा व्यक्त गरेका छन् । २९ वर्षीय इजिप्टेली फरवार्डले लिभरपुलका लागि २ सय १४ खेलमा १ सय ३७ गोल गरेका छन् । उनी २०१७ मा इटालियन क्लब एएस रोमाबाट ३४ मिलियन पाउन्डमा लिभरपुल आएका थिए । यस सिजन सलाहले १२ गोल गरिसकेका छन् ।

National Life

लिभरपुलसँगको उनको सम्झौता आगामी सिजनको अन्त्यमा सकिनेछ । ‘यो कुरा मेरो हातमा छैन । तर, यदी मेरो इच्छा सोध्नुहुन्छ भने फुटबल करियरको अन्तिम दिनसम्म यही क्लबबाट खेल्न मन छ । तर, क्लबले जे चाहन्छ, त्यही हुन्छ,’ सलाहले स्काई स्पोर्ट्ससँग भने,‘अहिलेको अवस्थामा म कहिल्यै लिभरपुल विरुद्ध खेलेको कल्पना पनि गर्न सक्दिन । यस्तो कुरा गर्नु मेरा लागि कठिन छ । यदि यस्तो भयो भने म निकै दुःखी हुनेछु ।’


सलाहले इजिप्टको अल मोकालोनबाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि लिभरपुल आउनुअघि उनले बासेल,चेल्सी,फियोरेन्टिना र रोमाबाट खेले । लिभरपुलले आइतबार इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । यस बहुप्रतिक्षित भिडन्तअघि क्लबले सलाहबाट निकै ठूलो आशा गरेको छ । सलाहले पछिल्ला ९ खेलमा लगातार गोल गरिरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया