• १९ असोज २०८३, सोमबार
  • १२ः५९ दिउँसो

हराइरहेकी चार वर्षीया बालिकाबारे सूचना दिनेलाई १० लाख अस्ट्रेलियन डलर दिइने घोषणा

प्रकाशित मिति

२०७८ कार्तिक ४ गते, बिहीबार ०५:५२

४ कार्तिक, २०७८ मेलबर्न : अस्ट्रेलियाको पश्चिमी क्षेत्रबाट शनिबार बिहानदेखि हराइरहेकी ४ वर्षीया बालिका क्लियो स्मिथबारे सूचना दिनेलाई १० लाख डलर दिइने घोषणा भएको छ। अस्ट्रेलियन प्रशासनले बिहीबार उक्त घोषणा गरेको हो। क्योब्बा ब्लोहोल्स कोस्टल क्याम्पमा परिवार बसिरहेको टेन्टमा सुतिरहेको अवस्थामा स्मिथ बेपत्ता भएकी थिइन्। स्थानीय प्रशासनले बालिकाको अपहरण भएको हुन सक्ने आशंका गरेको छ।

National Life

बालिकाकी आमाले शनिबार बिहान टेन्टमा हेर्दा ‘स्लिपिङ ब्याग’सहित छोरी त्यहाँ नभेटिएको बिबिसीले जनाएको छ। टेन्टसमेत खुला अवस्थामा भेटिएको बालिकाकी आमालाई उदृत गर्दै बिबिसीले उल्लेख गरेको छ। बेपत्ता बालिकाको हवाई र जल दुवै क्षेत्रबाट खोजी भइरहेको छ।


अनुसन्धान अधिकारीले टेन्टको ‘जिप’ बालिकाले भेट्न नसक्ने उचाईसम्म खुला रहेकाले क्लियो आफै त्यहाँबाट निस्किएको हुन नसक्ने बताएका छन्। क्लियोकी आमा एलीले आफू पछिल्ला दिनहरुमा सुत्न नसकेको भन्दै चिन्ता व्यक्त गरेकी छिन्। एली सप्ताहन्तमा विदा मनाउन ग्रामिण इलाकामा पर्ने समुन्द्री किनारमा पुगेको थियो। उक्त क्षेत्र पर्थबाट ९ सय किलोमिटर उत्तरमा पर्छ।

Classic Tech Mobile
Classic Tech Desktop

एलीले शुक्रबारको खाना खुवाएर आफूले क्लियोलाई सुताएको बताएकी छिन्। परिवारको टेन्टको एउटा कोठामा क्लियो उनकी बहिनीसँग सुतेकी थिइन् भने अर्को कोठामा अभिभावक सुतेका थिए।

प्रतिकृया