• १९ असोज २०८३, सोमबार
  • १२ः२६ दिउँसो

एमसीसी पास हुन्छ : देउवा

प्रकाशित मिति

२०७८ कार्तिक ५ गते, शुक्रबार १०:३३

५ कार्तिक, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताएका छन् । देउवाले एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको भन्दै संसदबाट पारित गर्ने बताए ।

National Life

बाढी पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न गृह प्रदेश सुदूरपश्चिम पुगेका देउवाले आज बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलमा एमसीसी अनुदानमा आधारित परियोजना भएको बताउँदै नेपालकै कानून मातहत हुने दाबी गरे । ‘एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ ।


एमसीसी त अनुदान हो । ऋण होइन । उनीहरुले नै यो नेपालको कानून भन्दा माथि नरहेको स्पष्ट पारिसकेका छन् । एमसीसी पास हुन्छ ।’ नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुन्छ त रु भन्ने पत्रकारको जिज्ञासामा देउवाले त्यसको सबै जिम्मेवारी निर्वाचन समितिलाई दिइएको बताए । ‘हाम्रो पार्टीभित्र निर्वाचन आयोग जस्तै निर्वाचन समिति छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यो स्वायत्त समिति हो,’ देउवाले भने, ‘उहाँहरुको निर्णय सबैले मान्ने हो । उहाँहरुले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ । सार्ने निर्णय गर्नुभयो भने सर्छ ।’ अर्ली इलेक्सनबारे भइरहेको बहसबारे पत्रकारहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री देउवाले त्यसबारे गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताए ।


बिहीबार सुदूरपश्चिमका पहाडी जिल्ला र कञ्चनपुरमा बाढीपहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेर फर्किएका देउवा शुक्रबार कैलालीको टीकापुर जाँदैछन् । त्यहाँ बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर शुक्रबार नै उनी काठमाडौं फर्किने कार्यसूची छ । पत्रकार सम्मेलनमा देउवाले काठमाडौं फर्किएपछि बाढीपहिरो पीडितका लागि राहत प्याकेज घोषणा गर्ने बताए ।

प्रतिकृया