• २० असोज २०८३, मंगलबार
  • ११ः०७ राती

सहारालाई पशुपति विकास कोषमा नियुक्त गर्न नेकपा एसका सम्मानित नेता खनालको दबाब

प्रकाशित मिति

२०७८ कार्तिक ३ गते, बुधबार १२:५०

३ कार्तिक, २०७८ काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूनिकट सहारा न्यौपानेलाई पशुपति विकास कोषको कोषाध्यक्षमा नियुक्त गर्न दबाब दिएपछि समाजवादीको राज्य व्यवस्था विभागका नेताहरू अप्ठेरोमा परेका छन् । राजकीय मामिला विभागको प्रमुखमा राजेन्द्र पाण्डे छन् । नेताहरूले सहारा न्यौपानेको नाममा आएको दबाबबारे पार्टी अध्यक्ष माधव नेपाललाई जानकारी गराइसकेका छन् ।

National Life

मन्त्रीमा भाग नपाएर असन्तुष्ट बनेका खनालले सहारालाई पशुपति विकास कोषमा नियुक्त गर्न दबाब दिइरहेका छन् । कोष पर्यटन मन्त्रालयअन्तर्गत पर्छ । पार्टीको विभागबाट औपचारिक सिफारिस आएपछि उनलाई नियुक्ति गरिने भएको छ । सहारा न्यौपाने तीनै महिला हुन् जसलाई खनालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा दुबईको राजदूत बनाउन दबाब दिएका थिए । सहारासँगै दुबई भ्रमणबाट फर्किएपछि खनालले राजदूतमा कोटा मागेका थिए ।


‌ओलीले उनको योग्यता नपुग्ने भन्दै राजदूत बनाउन अश्वीकार गरेपछि खनाल प्रचण्ड-माधव समूह निर्माणमा अग्रसर भएका थिए । राजदूत बन्न नपाएपछि न्यौपानेले खनालविरुद्ध पत्रकार सम्मेलन गर्न खोज्दा ठमेलका एमालेसम्बद्ध केही पर्यटन व्यवसायीले रोकेका थिए । खनालकै सिफारिसमा सहाराका श्रीमान् शिवशरण न्यौपानेलाई तत्कालीन पर्यटनमन्त्री दीपक अमात्यले नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा नियुक्त गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसअघिका मन्त्री भीम आचार्यले न्यौपानेबाट निगम नचल्ने भन्दै झलनाथको दबाब अश्वीकार गरेका थिए । त्यसपछि तत्कालीन एमाले अध्यक्ष खनालले आचार्यलाई मन्त्रीबाट हटाएका थिए । न्यौपानेको निधन भइसकेको छ । पशुपति विकास कोषको सदस्य सचिवमा तान्त्रिक मिलनकुमार थापा नियुक्त भइसकेका छन् । स्रोतका अनुसार न्यौपानेको योग्यता नपुग्ने भन्दै नेकपा एसभित्रैबाट उनलाई नियुक्त नगर्न अध्यक्ष माधव नेपालसमक्ष दबाब परेको छ । नेपालले त्यही भएर मन्त्री प्रेम आलेलाई कुनै निर्देशन नदिएको नेपालको सचिवालय स्रोतले जनाएको छ ।

प्रतिकृया