• २१ असोज २०८३, बुधबार
  • ३ः१३ राती

प्रधानमन्त्रीलाई गगनको सुझाव-विपद्‍मा परेका जनताको अभिभावक बनेर देखाउनुस्

प्रकाशित मिति

२०७८ कार्तिक ३ गते, बुधबार १२:५९

३ कार्तिक, २०७८ काठमाडौँ : नेपाली कांग्रेसका नेता गगन थापाले प्राकृतिक विपद्का कारण समस्यामा परेका जनताप्रति उत्तरदायी बन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् ।

National Life

सामाजिक सञ्जालमार्फत नेता थापाले लगातारको वर्षाका कारण देशका कयौं ठाउँमा समस्यामा परेका जनतालाई सरकारले अभिभावक भएको आभास दिलाउने बेला आएको बताएका हुन् ।


‘यो बेला नै हो सरकारले अभिभावक भएको आभास दिलाउने । प्रधानमन्त्रीज्यू, आफन्त गुमाएका, विस्थापित भएका, खेतीबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस्, दुःखमा समानुभूतिको महसुस गराउनुहोस्’, थापाले भनेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया