• २० असोज २०८३, मंगलबार
  • ४ः२० बेलुका

देउवा सरकारको १०० दिन : २४ उपलब्धि सार्वजनिक

प्रकाशित मिति

२०७८ कार्तिक ३ गते, बुधबार ११:०५

३ कार्तिक, २०७८ काठमाडौँ : काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको १०० दिन पुगेको छ । सर्वोच्च अदालतको परमादेशको आधारमा देउवाको नेतृत्वमा गत असार २९ गते सरकार बनेको थियो । देउवालाई नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासम्मिलित ५ दलीय गठबन्धनको समर्थन रहेको छ ।

National Life

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि राष्ट्रपतिले सरकार गठनका लागि गरेको आह्वानअनुसार देउवा आफ्नो पक्षमा बहुमत रहेको दावीसहित राष्ट्रपति कार्यालय पुगेका थिए । तर, राष्ट्रपतिले बहुमत नपुगेको भन्दै सरकार बन्न नसक्ने बताएसँगै देउवासहितको गठबन्धन सर्वोच्च अदालतमा रिट लिएर पुगेको थियो ।


सो रिटमाथि सर्वोच्चको संवैधानिक इजलासले देउवाको नेतृत्वमा सरकार बनाउन परमादेश दिएपछि देउवा प्रधानमन्त्री चयन भएका थिए । देउवाले लगत्तै ५ सदस्यीय मन्त्रिपरिषद् बनाएको भएपनि त्यसको साढे २ महिनापछि मात्रै मन्त्री थपेका थिए । अझैपनि उद्योग मन्त्रालय मन्त्रीविहीन रहेको छ । देउवाको सचिवालयले सरकार गठनको १०० दिन पुगेको अवसरमा २४ उपलब्धि सार्वजनिक गरेको छ –

Classic Tech Mobile
Classic Tech Desktop

जुन यसप्रकार रहेको छ

१- सन्तुलित “नेपाल पहिला” परराष्ट्र नीति
२- सफल खोप कुटनीति
३- एक करोड ५० लाख खोप व्यवस्थापन
४- लक्षित मध्य ३२ दशमलव ६ प्रतिशतले पूर्ण खोप लगाए
५- लगानीमैत्री वातावरणको सृजना
६- नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम
७- कोभिडको मारमा परेका उद्योगी–व्यावसायीलाई राहत प्याकेज
८- प्रभावकारी रुपमा कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन
९ – चुस्त सुरक्षा व्यवस्था
१०- प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
११- राजस्व संकलनमा उल्लेख्य वृद्धि
१२- स्टार्टअप व्यावसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार
१३- विद्युतीय लाइन विस्तार तथा विद्युतको पहुँचमा वृद्धि
१४- सडक तथा यातायातको पहुँच विस्तार
१५- देशभर निःशुल्क कानूनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार
१६- सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको
१७- विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको
१८- सरकारी कागजातहरूको डिजिटल अर्काइभिङ सुरु
१९- दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि डिस्टान्स लर्निङको प्रक्रिया सुरु
२०- प्रकृतिक विपत्तीमा तत्काल रेस्पोन्स
२१- क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय
२२- अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाँका दरले राहात दिने घोषणा
२३- यूवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा
२४- साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन स्वरुप जनही रु ५ लाख दिने घोषणा

प्रतिकृया