• २० असोज २०८३, मंगलबार
  • ३ः३५ दिउँसो

प्रदेश १ मा बाढीपहिरोमा परी २२ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ कार्तिक ३ गते, बुधबार १०:५७

३ कार्तिक, २०७८ काठमाडौँ : बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीका अनुसार इलाममा सात जनाको मृत्यु भएको छ ।

National Life

पहिरोमा परी धनकुटामा ६ जनाको मृत्यु भएको छ । धनकुटाको चौबिसे गाउँपालिका-१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले भीमबहादुर श्रेष्ठको घर पुरेको थियो । पहिरोले पुरिँदा श्रेष्ठसहित ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।


पाँचथरमा पनि ६ जनाको मृत्यु भएको छ । बाढीमा परी सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया