• २०:३६ २०८० चैत्र १६ गते
  • 8:36 pm

एभरेष्ट बैंकद्धारा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच

प्रकाशित मिति

२०७८ कार्तिक २ गते, मंगलवार १२:००

PressReleaseAnniversary1 20211018210143

२ कार्तिक, २०७८ काठमाडौँ : एभरेष्ट बैंकले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ । बैंकले मुख्य शाखा, लाजिम्पाटमा रगतको बढ्दो माग आपूर्तिका निम्ति अधिकांश कर्मचारीहरुका साथै ग्राहकवर्गहरुसंगको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।


उक्त कार्यक्रममा धेरै ग्राहक तथा कर्मचारीहरुको सहभागिता रहेको बैंकले जनाएको छ । रगतको बढ्दो मागलाई पुरा गर्ने उद्देश्यले बैंकका ५० भन्दा बढी कर्मचारीहरु तथा ग्राहकहरुले रक्तदान गरेका थिए । त्यसैैगरी, १०० भन्दा कर्मचारीहरु तथा ग्राहकहरुले निःशुुल्क जाँच शिविरबाट वरिष्ठ चिकित्सकहरुबाट पोस्ट कोभिडको बारेमा आवश्यक परामर्श लिएका थिए ।


यसैगरी, बैंकमा २५ वर्षभन्दा बढी सेवारत कर्मचारीहरु पनि सम्मानित भएका छन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिकासंग शंखमूल स्थित घाटमा विद्युतीय शव दाह उपकरण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


सो सम्झौता पत्र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका बीच साटासाट गरिएको थियो । यसै अवसरमा बैंकले वानेश्वर स्थित शाखाका एकजना पुराना ग्राहकलाई अभिनन्दन पनि गरेको थियो ।

प्रतिकृया