यसरी बढाउन सकिन्छ सम्भोग शक्ति (उपचार विधिसहित)
प्रकाशित मिति
२०७८ कार्तिक १ गते, सोमबार ०१:२८
१, कार्तिक २०७८ काठमाडौँ : १- इन्द्रायणी बीउलाई पानमा मिलाएर खानाले वा गौमुखी फूलको चूर्णलार्ई सख्खरसँग मिलाएर नियमित सेवन गर्नाले वा घिउमा मह मिलाएर खानाले बीर्य शक्ति बढ्दछ ।
२- तित्रीको बीउलाई हल्का कुटी रातभरी पानीमा भिजाई बिहान खाली पेटमा नियमित खानाले वा वरको दानालाई छायामा सुकाएर पिसी १ चम्चा धूलोलाई गाईको दूधमा मिलाई दिनको २र३ पटक खानाले वा १र१ भाग बरको कोपिला र गुलरको बोक्रोमा २ भाग सख्खर मिलाई चूर्ण बनाउने र १०र२० ग्राम धुलोलाई दूधमा मिलाएर ३र४ हप्तासम्म सेवन गर्नाले वीर्य शक्ति बढ्दछ ।
३- तुलसीको वीउ कुटेर तयार पारिएको दुई चम्चा धुलोलाई दैनिक पानीमा हालेर खानाले वीर्य गाढा–बाक्लो हुनुका साथै शक्ति प्रदान गर्नमा मद्दत पुर्याउँछ ।
४- सम्भव भए यार्सागुम्बाको सानो टुक्रा वा नभए शुद्ध शिलाजितलाई ताजा दूधसँग नियमित सेवन गर्नाले वा बोकाको गेडालाई घिउमा भुटेर खाने गरेमा वा माछा खाने गरेमा पनि संभोगशक्ति चौगुणा बढेर आउँछ ।
साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट








प्रतिकृया