• १९ असोज २०८३, सोमबार
  • १ः५० दिउँसो

मुलुकभरको मौसम बदली, सोमबारसम्म वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति

२०७८ आश्विन ३० गते, शनिबार १०:५१

३०असोज, २०७८ काठमाडौँ : मुलुकभरको मौसममा बदलाव आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणाली विकसित हुँदा नेपालमा पनि आंशिकदेखि सामान्य बदली भएको हो ।

National Life

सोही प्रणालीको असरले तीन दिनसम्म सामान्यदेखि मध्यम तथा भारी वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।


‘आइतबार देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्यांगसहित हावाहुरी र भारी वर्षाकोसमेत सम्भावना छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि संभावना छ।’

Classic Tech Mobile
Classic Tech Desktop

वर्षाको सम्भावना रहेकाले यो समयमा खेतीपाती गर्दा र यात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।


तीन दिनको मौसम पूर्वानुमान

३० गते शनिबार

दिउँसो : प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, २ र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।


राति : प्रदेश १, २ र वाग्मती प्रदेश सामान्य बदली रही अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


३१ गते आइतबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, २, वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै कर्णाली प्रदेश प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


राति : देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानका साथै प्रदेश १, २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


कार्तिक १ गते सोमबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ।


राति : देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै प्रदेश १, २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

प्रतिकृया