• १४:३६ २०८० चैत्र १६ गते
  • 2:36 pm

दशैं मनाउन गाउँ फर्किनेको लर्को कोटेश्वर–जडिबुटीमा सवारीकोचाप

प्रकाशित मिति

२०७८ आश्विन २६ गते, मंगलवार ०४:०५

kathmadu dashin2 e1634033970383

२६ असोज, २०७८ काठमाडौँ : दशैंलगायतका चाडपर्व मनाउन काठमाडौं उपत्यका छाड्नेको भीड फुलपातिसम्म पनि उस्तै छ । काठमाडौको नागढुङा र भक्तपुरको जगाती नाका हुँदै उपत्यका बाहिरीने सवारी साधनको चाप मंगलबार पनि घटेको छैन् ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबारसम्म नागढुङगा नाकाबाट उपत्यका बाहिरीने सवारी साधनको चाप महाशक्ति पेट्रोल पम्मसम्म र यता जगाती, सुर्यविनायक चोकसम्म रहेको थियो ।


kathmandu dasi3 e1634034582670

चाडवाड मनाउन देशका विभिन्न स्थानतर्फ जाने यात्रु र सवारी साधनको संख्या बढेका कारण यी ठाउँहरुमा सवारीको चाप बढेको महाशाखाको भनाइ छ । काठमाडौं उपत्यकाबाट मानिसहरु गाउँ गएपछि काठमाडौंमा चहलपहल केही घटेको छ भने गाउँतिर बढेको छ ।


ट्राफिक प्रहरीका अनुसार सोमबारसम्म काठमाडौं छाड्नेको संख्या आठलाख नाघेको छ । अग्रिम टिकट बुकिङ गरेकाहरु बिहीबार घटस्थापनादेखि काठमाडौंबाट बाहिरिएका हन् । यसबीचमा करिब नौं लाख यात्रुले काठमाडौं छाड्को र बुधबारसम्म जम्मा १८ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ ।

प्रतिकृया