कास्कीमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु
प्रकाशित मिति
२०७८ आश्विन २५ गते, सोमबार ०४:५५
२५ असोज, २०७८ पोखरा : कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय मिटर तल खसेको हो ।
जिपमा नौजना सवार रहेकोमा एकजना महिला भीरमा खसेर बाँच्न सफल भएको कास्की प्रहरीले जनाएको छ ।सबै शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइसकेको घान्द्रुक प्रहरी चौकीका प्रमुख सोमबहादुर कुवँरले जानकारी दिए ।
‘एकजना महिला बाँच्न सफल हुनुभएको छ । अरु सबैको घटनास्थलमै मृत्यु भयो,’ उनले भने, ‘पोष्टमार्टमका लागि गाडीमा हालेर गण्डकी अस्पताल पठाएका छौं ।’ उनीहरू दसैंको समयमा काठमाडौंबाट घुम्न आएका थिए ।
मृत्यु हुनेमा एकजना जिप चालक खुशीमान क्षेत्रीको पहिचान भएको छ भने अरुको पहिचान हुने क्रममा रहेको प्रहरीले जनाएको छ । शवहरू चिन्ने अवस्थामा समेत नरहेको बताइएको छ ।








प्रतिकृया