• २० असोज २०८३, मंगलबार
  • ७ः४२ बेलुका

मिस लिटिल नेवाःका प्रतियोगीहरु बन्द प्रशिक्षणमा

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार ०३:४४

२५ असोज, २०७८ काठमाडौँ : मिस लिटिल नेवाः नेपाल ११४१ का प्रतियोगीहरु अन्तिम स्पर्धामा भिड्नका लागि बन्द प्रशिक्षणमा व्यस्त छन्। नेप्लिज फेसन होमले प्रत्येक वर्ष मिस लिटिल नेवाः नेपाल आयोजना गर्दै आएको छ। नेवाः किशोरीहरुको आत्मविश्वास वृद्धि तथा नेवारी कला, संस्कार, भाषा तथा संस्कृतिका बारेमा ज्ञान दिलाउने एवं पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता हुँदै आएको हो।

National Life

प्रतियोगिताको १४ औं संस्करण आगामी कात्तिक २७ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुँदैछ। मिस लिटिल नेवाःका प्रतियोगीहरुले प्रशिक्षण, तालिम, ज्ञान वृद्धि र अध्ययनका क्रममा सेतो मछिन्द्रनाथ मन्दिरमा लाखबत्ती बाल्ने, महाँकाल मन्दिरमा सम्हेबजी बनाउने र चढाउने, भक्तपुरको राधेराधेस्थित होटल एटलान्टिकमा टेबुल मेनजमेन्टजस्ता अनुभव संगालेका छन्। त्यस्तै विभिन्न विधाका विज्ञहरुबाट कक्षा लिइरहेका छन्।


मिस लिटिल नेवाःको अन्तिम स्पर्धामा भिड्नका लागि नयना शाक्य, आर्यो श्रेष्ठ, टीसा तण्डुकार, कृष्टिना महर्जन, सफलता श्रेष्ठ, सनिष्मा महर्जन, वितिशा कंसाकार, सिम्रिक श्रेष्ठ, एन्जिला महर्जन, इभानजलिना महर्जन, रिकिस्ना डंगोल, सलिष्का महर्जन, प्रकृति महर्जन, प्रनिधि मानन्धर, सिचु मानन्धर, सान्भी श्रेष्ठ, सारिका श्रेष्ठ, आर्या खोपे श्रेष्ठ, केभिया श्रेष्ठ, दिमी श्रेष्ठ र युनिका बादे जोडतोडका साथ तयारीमा जुटेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार प्रतियोगीहरु ग्रायण्ड फिनालेअघि कात्तिक १३ गते ट्यालेन्ट शोमा आफ्ना प्रतिभाका साथ प्रस्तुत हुनेछन्। प्रतियोगितामा मिस नेवाःकी फस्ट रनरअप प्रियंका तण्डुकार, बेस्ट पर्सनालिटी पल्पसा श्रेष्ठ र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफी हुनेछ। त्यसैगरी मिस नेवाः सुनिता डंगोल र नीतु डंगोलले नेवारी भाषाको प्रशिक्षण दिनेछन्।

प्रतिकृया