• २० असोज २०८३, मंगलबार
  • ६ः५५ बेलुका

ओरालो लाग्दै सेयर बजार

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार ०३:३१

२५ असोज, २०७८ काठमाडौँ : सेयर बजार साताको दोस्रो दिन सोमबार पनि घटेको छ। आज २३.१९ अंकले ओरालो लागेको छ।सेयर बजार २३.१९ अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ३९.३७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले जनाएको छ।सेयर बजार ०.८७ प्रतिशतले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ३९.३७ विन्दुमा पुगेको हो।

National Life

सोमबार ९३ लाख १४ हजार ७ सय ८० कित्ता सयेर ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ। हिजोको (आइतबार) तुलनामा आज ९सोमबार० कारोबारमा गिरावट आएको छ। सोमबार म्युचल फन्ड उप–समुह र इन्भेष्टमेट उप–समुह सकरात्मक देखिएका छन्। म्युचल फण्ड ०.३८ प्रतिशत र इन्भेष्टमेन्ट १.०७ प्रतिशतले बढेका छन् भने अन्य उप–समुह राताम्मे छन्। यानिकी घटेका छन्। घट्नेमा सबैभन्दा बढि अन्य उप–समुह २.२१ प्रतिशतले घटेको छ।


ग्लोबल आइएमी सम्मुनत स्किम–१ कम्पनी ९.९० प्रतिशतले बढेको छ। त्यस्तै सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड ७.८८ प्रतिशत र नेपाल इन्फ्रास्टचर बैंक लिमिटेड ५.०९ प्रतिशतले बढेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया