• २० असोज २०८३, मंगलबार
  • ३ः५७ दिउँसो

उपत्यकामा दशैं तिहारलक्षित आजबाट खसीबोका बिक्री सुरु (फोटोफिचर)

प्रकाशित मिति

२०७८ आश्विन २३ गते, शनिबार ०४:५२

२३ असोज, २०७८ काठमाडौँ : आजदेखि दशैं तिहार लगायतका चाडपर्वका लागि खसीबोका बिक्री सुरु भएको छ। दशैं तिहार लगायतका चाडपर्वका लागि शनिबारदेखि काठमाडौंमा खसीबोका बिक्री सुरु गरेको हो। कोरोना संक्रमणको जोखिम कम भएसँगै खसी बोका किन्नेको भीड बढ्न थालेको हो ।

National Life

कोरोना संक्रमण फैलनु अघिका वर्षझैं पर्याप्त मात्रामा खसी बोका नआएका कारण मूल्यमा वृद्धि भएको छ । हिमाली जिल्लाबाट आउने च्याङ्ग्राहरू पर्याप्त नआए पनि खसी बोकाहरू काठमाडौंका मुख्य बजारमा आउन थालेको छ । काठमाडौं भित्रिने पशु चौपायको स्वास्थ्य परीक्षण गरेर मात्र ल्याइने व्यवस्था गरिएको छ।


नेपालमा आउने च्याङ्ग्रा हिमाली जिल्लाको साथै मित्रराष्ट्र चीनको सीमावर्ती गाउँबाट पनि आउँछ । कोरोना संक्रमणको जोखिमको कारण सीमा नाका नखुल्दा च्याङ्ग्राको मूल्य बढेको छ । काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसी बोका आउन थालेको छ । जिउँदो खसी बोका सरदरमा सात सय रुपैयाँदेखि आठ सय रुपैयाँमा बिक्री भइरहेको व्यवसायीले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया