• १९ असोज २०८३, सोमबार
  • ४ः५० बेलुका

आईपीओ ल्याउँदै मुक्तिनाथ कृषि कम्पनी

प्रकाशित मिति

२०७८ आश्विन २१ गते, बिहीबार ०५:२५

२१ असोज, २०७८ काठमाडौँ : मुक्तिनाथ बिकास बैंक लगायत नेपालका ८६३ जना भन्दा बढी व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ४ करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुने जनाएको छ ।

National Life

कम्पनीले कृषि पेसालाई प्रतिस्पर्धी र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा काम गर्ने भएको छ । विभिन्न उद्देश्यहरू प्राप्तिको लागि आफ्नो स्थापना कालदेखि विभिन्न कृषि व्यवसायी, कृषक समूह तथा सहकारीहरूसँग सहकार्य गर्दै कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादनका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजीकरण कसरी गर्न सकिन्छ भन्नेबारे काम गर्दै आइरहेको कम्पनीले जनाएको छ ।


यसैगरी, कम्पनीले कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्ता समक्ष सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, उत्पादक कम्पनीहरूसँग सहकार्य गर्दै देशका विभिन्न भूभागमा कृषि पेशा गर्दै आइरहेका कृषकहरुलाई सहजीकरण गर्नको लागि सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दै आइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

वि.स. २०७५ सालमा १ अर्व अधिकृत पुँजी र ४० करोड जारी पुँजी सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत सेयर सर्वसाधारणको लागि छुट्याएको थियो । मुक्तिनाथ कृषि कम्पनीको सर्वसाधारणको लागि छुट्याइएको धितोपत्र निष्काशनको लागि मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले एक समारोहका बीच धितोपत्र निष्काशन व्यवस्थापनको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


प्रतिकृया