• १९ असोज २०८३, सोमबार
  • ४ः०८ बेलुका

मन्त्रिमण्डलले शुक्रबार पूर्णता पाउने

प्रकाशित मिति

२०७८ आश्विन २१ गते, बिहीबार ०५:१७

२१ असोज, २०७८ काठमाडौँ : मन्त्रिमण्डलले भोलि मात्रै पूर्णता पाउने भएको छ । सकेसम्म आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको हो । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने विषयमा सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

National Life

‘आन्तरिक तयारी नपुगेकाले भोलि शुक्रबार मात्रै मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ’, स्रोतले रातोपाटीलाई भन्यो, ‘सकेसम्म आजै पूर्णता दिने कुरा थियो, तर सकिएन ।’ सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।


राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ । गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले बिहीबार गठबन्धनको निर्णायक बैठक बसेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा केहीबेर बसेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टी बैठकमा सहभागी हुन निस्केका छन् । नेता नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक जारी छ । समाजवादीले एक राज्य मन्त्रीसहित ५ मन्त्री मात्रै पाउने गरी भागबण्डा गरिएपनि थप एक मन्त्री पाउनुपर्ने जनाएको छ ।


प्रतिकृया