• २० असोज २०८३, मंगलबार
  • ४ः४५ बेलुका

कुन दललाई कुन मन्त्रालय (सुचीसहित)

प्रकाशित मिति

२०७८ आश्विन २० गते, बुधबार १०:१३

२० असोज, २०७८ काठमाडौँ : सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँड टुंगिएपछि घटनास्थापनाकै दिन सपथ हुने भएको छ । मन्त्रालय बाँडफाँड मिलेपछि दलहरु कस्लाई मन्त्री बनाउनेबारे आन्तरिक छलफलमा छन् । नेपाली काँग्रेसले गृह, परराष्ट्र, स्वास्थ्य, कानुन मन्त्रालय लिइसकेको छ । अब उसले थप मन्त्रालय लिएर कुल ६ मन्त्री बनाउने छ । राज्यमन्त्री समेत थप्ने काँग्रेसको तयारी छ ।

National Life

नेकपा माओवादी केन्द्रले अर्थ र ऊर्जा पाइसकेको छ । अब उसले थप ३ मन्त्रालय पाउनेछ । माओवादीले एक राज्यमन्त्री पनि पाउनेछ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ५-५ मन्त्रालय पाउनेछन् । दुवै दलले एक एक राज्यमन्त्री पनि पाउनेछन् ।

कस्लाई कुन मन्त्रालय

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली काँग्रेस
प्रधानमन्त्री, गृह, परराष्ट्र, कानुन, स्वास्थ्य, सञ्चार, महिला

माओवादी
अर्थ, ऊर्जा, भूमि व्यवस्था, खानेपानी, कृषि


नेकपा एस
रक्षा, शहरी विकास, युवा, पर्यटन, उद्दोग

जसपा
भौतिक पूर्वाधार, शिक्षा, सामान्य प्रशासन, वन, श्रम

प्रतिकृया